काठमाडौं । आजबाट स्वस्थानी व्रत समापन भएको छ। एक महिनासम्म व्रत बसेका व्रतालुहरुले आज मन्दिरहरुमा गएर व्रत समापन गरेका हुन् । यसैबीच आज काठमाडौंको शालीनदीमा पनि व्रतालुको घुइँचो लागेको थियो ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ।







प्रतिक्रिया लेख्नुहोस्:-