काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ गते भारत भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई भ्रमणको स्वीकृति दिएको हो ।
उनी आगामी फागुन १ देखि ५ गतेसम्म भारतको भ्रमण गर्नेछन्। रक्षा मन्त्रालय स्रोतका अनुसार उनी भारतमा हुने डीफेन्स एक्सपोमा सहभागी हुन भारत जान लागेका हुन्।
भारत भ्रमणमा रहँदा उनले समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ। त्यस्तै उनले भारतका सेना प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-