काठमाडौं । सरकारले मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिनेबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सरकारले मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिने निर्णय गरेको बताएका थिए। सञ्चारमन्त्री रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण भएको बताएकी छन्।
‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छौँ,’ मन्त्री शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-