काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले प्रधानमन्त्रीले आगामी चैत ८ गतेभित्रै विश्वासको मत लिने बताएका छन् ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल निर्वाचित भएकोमा शुभकामना दिँदै उनलाई निर्वाचित गराएकोमा गठबन्धन दलहरू आबद्ध सांसदलाई आभार व्यक्त गरेको छ ।
बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने निर्णयसमेत गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-