काठमाडौं । प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले लाओसलाई २ गोल अन्तरले पराजित गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक नेपालले प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि उचालेको हो ।
नेपाललाई उपाधि दिलाउन मनीष डाँगी र आयुष घलानले गोल गरे । मनीषले ८९औँ मिनेटमा आकर्षक फिनिसिङ गर्दै नेपाललाई जिततर्फ उन्मुख गराएका थिए ।
पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । खेलको १७औं मिनेटमा लाओसले सुरुवाती गोल गर्दै अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि आयुस घलानले एक गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका थिए ।
दोस्रो हाफमा लाओसविरुद्ध लगातार आक्रमण बुनिरहेको नेपालका लागि मनीषले गोल गर्नुअघि पनि निकै आक्रमक खेल प्रस्तु गरेका थिए । उनले दायाँ विङबाट आफ्नो पेशको प्रयोग गर्दै सुन्दर बलहरू क्रस गरेका थिए ।
नेपालले दोस्रो हाफमा एकपछि अर्को आक्रमण गरेको थियो । निशन खड्काले ६९औँ मिनेटमा प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-