काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको स्पष्ट पारेका छन्।
उनले बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए।
उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे। उनले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे।







प्रतिक्रिया लेख्नुहोस्:-