काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अब क्रिकेटको पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका दिएका छन् ।
बुधबार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान रोहितले अब सरकारले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।
“भारत र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ । सबैले राम्रो महशुस गरिरहेका छन् । यो वर्ष हाम्रो लागि राम्रो भयो । हामीले समर्थक सबैको साथ र सहयोग पायौँ । विश्वकै उत्कृष्ट बलरले बल फालिरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो,” रोहितले भने, “नयाँ अनुभव लिएका छौँ । अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ । एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनु परेको छ । सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ ।”







प्रतिक्रिया लेख्नुहोस्:-