काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको हो ।
ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।
त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् । कका







प्रतिक्रिया लेख्नुहोस्:-