काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् । उनले सोमबार सिंहदरबारमा सञ्चार माध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा यस्तो बताएकी हुन् ।
उनले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा राखिन् । उनले सञ्चार माध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको जानकारी दिइन् । मन्त्री शर्माले सहज रूपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको बताइन् ।
त्यस्तै, पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सबै कानुन लागू भए पनि श्रमजीवी–पत्रकारसम्बन्धी कानुन लागू हुन नसकेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-