काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई काम गरेर देखाउन आग्रह गरेका छन्।
अध्यक्ष ढकालले मंगलबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा यस्तो बताएका हुन् ।
अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उनले उनीहरूले बाहना नपत्याउने बताए। ‘अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ। हाम्रा सन्ततिहरूलाई पनि अब कुरा मन पर्न छोडिसक्यो। उनीहरू यो वा त्यो भयो भन्ने बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन्। हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरूलाई बाटो देखाउनुछ, त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो।’







प्रतिक्रिया लेख्नुहोस्:-