Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !

महिनादिन भित्रै पूजाअर्चना शुरु गरिने

कार्तिक १३, २०८० १२:२८ मा प्रकाशित
अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, अमेरिका
अक्टोवर २९
नेपालीहरुको उल्लेख्य बसोवास रहेको बे एरियामा मन्दिर निर्माण अभियानले अन्तत: सफलता पाएको छ । बे एरियामा मन्दिर निर्माण गर्ने अभियानको लागि स्थापना गरिएको मुक्तिनाथ कर्पोरेशनले रिचमण्डको ५८०१ म्याकब्राइटको ठेगानामा रहेको भवन खरिद प्रकृया अघि बढाएपछि बे एरियामा नेपालीहरुले मन्दिर बनाउने पुरानो सपना साकार भएको हो । सो भवन मुक्तिनाथ कर्पोरेशनले १२ लाख अमेरिकी डलरमा खरिद गर्न लागेको हो ।
मन्दिर निमार्ण अभियानका अगुवा एवं मुक्तिनाथ  कर्पोरेशनका ट्रस्टी राजेश थापाका अनुसार आगामी १० दिन भित्र मन्दिरका लागि भवन खरिदको प्रकृया सम्पन्न हुनेछ भने त्यसको लगत्तै मन्दिर स्थापनाको कार्य अगाडि बढाइनेछ ।

थापाले दिएको जानकारी अनुसार  हालसम्म १० जना बोर्ड अफ ट्रस्टी र करिव ४ य ३० जना संस्थापक सदस्य बनिसकेका छन् । कर्पाेरेशनमा २० हजार डलर लगानी गर्ने बोर्ड अफ ट्रस्टी र १ हजार डलर लगानी गर्ने संस्थापक सदस्य बन्ने प्रावधान रहेको छ ।संस्थापक ट्रस्टीमा हालसम्म अनिल पाण्डे, दिक्पाल केसी, राजेश थापा, यज्ञलाल श्रेष्ठ, संजीव भट्ट, रनम श्रेष्ठ, सुनिता गुरुंग, शंकर केसी, पशुपति कंडेल र सूर्य शर्मा रहेका छन् ।

“हामी धेरै भन्दा धेरै नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यस अभियानमा सहभागी हुन अनुरोध गर्दछौ, मन्दिर हाम्रो आस्था र विश्वासको थलो भएकोले यसले हामी सबै नेपालीलाई यस पूण्य कार्यमा सहभागी हुन आग्रह गर्दछौै”, थापाले भने ।
स्यानफ्रान्सिस्को बे एरियामा १० हजारभन्दा बढी नेपालीहरु रहेको  सन्दर्भमा धेरै भन्दा धेरै नेपालीहरुलाई मन्दिरको अपनत्व लिन आग्रह गर्दै थापाले भने-‘ यो पूण्य कमाउने कार्य त हुदै हो, त्यसमाथि पनि हामी बै एरियामा मन्दिर निमार्ण गर्ने हामी सबै नेपालीहरुको साझा सपना पनि हो ‘।
उनले आगामी हप्ताभित्र धेरै नेपालीहरु यस अभियानमा जोडिने र संस्थापक शेयरधनीको संख्या २ हजार पुर्याउने लक्ष्य राखिएको पनि उल्लेख गरे । थापाले  नेपालीहरु ओमकार परिवार भएकाले एक भएर मन्दिर स्थापनाको अपनत्व लिनुपर्ने पनि बताए । उनले मन्दिर पवित्र स्थान भएकाले सबै एकै ठाउमा जोडिने विश्वास ब्यक्त गरे ।

बे एरियामा शिवबुद्ध मन्दिर बनाउने अभियानको शुरुवात गत मार्च महिनावाट मुक्तिनाथ कर्पाेरेशनको स्थापनासंगै गरिएको थियो । अभियान शुरु गरिएको ६ महिनाभित्र कार्य प्रगति अगाडि बडाउन नसकिएमा शेयरवालाहरुको लगानी फिर्ता गरिने प्रतिज्ञाका साथ संचालन गरिएको सो अभियानको एकै दिनमा ४ लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिइएको थियो ।
मुक्तिनाथ कर्पाेरेशनका अर्का ट्रस्टी अनिल पाण्डेले सबैको संयुक्त प्रयास र लगानीको कारण मुक्तिनाथ मन्दिर निमार्ण कार्य   भएको बताए । ‘हामी यो मुक्तिनाथ मन्दिर अभियानमा तन मन र धनले साथ दिने सबैप्रति आभारी छौ’ पाण्डेले भने ।

मन्दिर निमार्ण अभियानका अगुवा एवं मुक्तिनाथ कर्पाेरेशनका अर्का ट्रस्टी दीक्पाल केसीले यस अभियानमा संलग्न सबैप्रति आभार प्रकट गर्दै मन्दिर सबै नेपालीहरुको साझा भएको बताए । मन्दिर निमार्ण कार्य सफ भएकोमा खुशी ब्यक्त गर्दै ट्रस्टी केसीले अनिल पाण्डे लगायतका अगुवाहरुको कारण छोटो अवधिमा नै सफलता पाएको बताए । मन्दिर निमार्णका अर्का अभियन्ता संन्जिव भट्टले नेपालीहरुले एक जुट भएर अभियान सम्पन्न भएको बताए ।

मन्दिर निर्माणको लागि भवन खरिद प्रकृया अघि बढेसंगै ट्रस्टी एवं संस्थापकहरुले सोही स्थानमा भेला भएर छलफल गरेका थिए । १२ हजार स्क्वाएर  फिट भन्दा बढी क्षेत्रफल भएको सो भवनको नजिकै सानो खोला, वरपर बनजंगल र ठूलो पार्किंग स्थल रहेको छ भने नजिकै पिकनिक स्थल पनि रहेको छ।

मन्दिरका लागि खरिद गरिएको सो भवनमा थप अर्काे भवन पनि रहेको छ । त्यसको अलावा भवनको भाडाबापत ६ हजार भन्दा बडी रकम संकलन हुने थापाले बताए । कमसेकमपनि मन्दिर निमार्ण अभियान पुरा भएपछि यहाँ आएका नेपालीले बिचल्लीमा पर्न पर्दैन, थापाले भने ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result