बर्कली, क्यालिफोर्निया
डिसेम्वर ४
केही महिनायता बे एरियामा नेपालीको उल्लेख्य रुपमा रेष्टुरेण्टहरु खुलिरहेकोमा बे एरियाको चर्चित शहर बर्कलीमा नयाँ नेपाली रेष्टुरेण्ट ‘माउण्ट अग्नी’ गत सातावाट संचालनमा आएको छ । बर्कलीको १८२८ Euclid Ave मा रहेको सो रेष्टुरेण्ट संचालनमा आएको केही दिनमा नै ग्राहकवाट निकै सकारात्मक प्रतिकृया आएको संचालक मनिश पौडेलले बताए ।
४० हजार भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीहरुको रहेको युनिभर्सिटी आफ क्यालिफोर्निया बर्कलीको नजिक रहेको माउण्ट अग्नी रेष्टुरेण्टले बर्कली निवासी एवं विद्यार्थीलाई नेपाली स्वाद चिनाउने परिकारहरुको मेनु बनाएको पौडेलले बताए । रेष्टुरेण्टमा लन्च बक्स अन्तर्गत ननभेज, भेज र मिक्स भेजका मेनु राखिएका छन भने काठमाडौं स्ट्रीट फुडमा चटपटे, केटीएम वींगस्, भटमास साधेको जस्ता परिकारहरु समावेश गरिएका छन्
‘अफोर्डेवल प्राइसमा अथेन्टिक स्वादका नेपाली परिकार खुवाउने हाम्रो लक्ष्य हो र खासगरि चिपोत्ले स्टाइलको नेपाली लन्चबक्स हाम्रो मुख्य मेनु हो, पौडेलले भने ।संचालनमा आएको केही दिनमा नै नेपाली लन्चबक्स मेनु निकौ लोकप्रिय बनिरहेको पौडेलले बताए ।
सानैदेखि कुकिंग आफ्नो हवि रहेको बताउदै पौडेल भन्छन्,-‘माउण्ट अग्नीलाई अग्नी जस्तै ज्वाजल्यमान बनाउने चाहना छ ‘।रेष्टुरेण्टको अक्युपेन्सी क्षमता ५० नजा भन्दा बढी रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-