काठमाडौं । उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् । उनलाई विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रथीमा बढुवा गरेको हो।
जंगी अड्डाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्तावमा उनलाई रथी पदमा बढुवा गरेको बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्। यससँगै सिग्देल अब २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्न सक्नेछन्।
तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि एक रथी पद रिक्त थियो। उक्त स्थानमा सिग्देल बढुवा भएका हुन्।







प्रतिक्रिया लेख्नुहोस्:-