काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन भोलि हुने भएको छ। आज कांग्रेसले काठमाडौंमा पत्रकार सम्मेलन गरी बागमती प्रदेश सम्मेलनबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पुस ७ गते शनिबार काठमाडौंमा हुने जानकारी दिए। उनले सम्मेलनको पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए।
दुवाडीले भने, ‘नेपाली कांग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पुस ७ गते शनिबार बिहान साढे ८ बजे उद्घाटन हुनेछ।’







प्रतिक्रिया लेख्नुहोस्:-