काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मात्रै मुलुकको विकास गर्न सक्ने दावी गरेका छन् ।
पोखरेलले शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटनमा यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गरे । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-