काठमाडौं । प्रदर्शनकारीको मृत्यु भएपछि सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।
नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनपछि अवस्था तनावग्रस्त बनेको भन्दै जिल्ला सुरक्षा समितिको आपतकालिन बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो।
समितिले जारी गरेको आदेशमा पुर्वमा सीतापुर जाने बाटो ब्रम्हस्थान, पश्चिममा हजरीया जानेबाटो नहर, उत्तरमा सोती चोर्नीया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कफ्र्यू आदेश जारी गरेको हो।







प्रतिक्रिया लेख्नुहोस्:-