काठमाडौं । नेपाली उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघले स्वदेशी वस्तुको खरिदलाई अनिवार्य गर्न आग्रह गरेको छ । परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’ मा आबद्ध उद्योगी सदस्यको समस्या र समाधानबारे छलफल कार्यक्रममा यस्तो आग्रह गरेको हो ।
परिसंघले बिहीबार काठमाडौंमा स्वदेशी ‘मिट एन्ड ग्रिट’मा स्वदेशी उद्योगहरूको प्रबर्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरूमा छलफल गरेको थियो ।
छलफल कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवद्धय मुकुन्द प्रसाद निरौला, नारायण प्रसाद शर्मा दुवाडीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबर्धन गर्नेलगायतका गतिविधिहरू सञ्चालन गरिरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-