काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले शनिबार आफ्नो राजीनामा घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।







प्रतिक्रिया लेख्नुहोस्:-