काठमाडौं । विमानस्थलमा कुटपिटको विषयलाई लिएर राजीनामा गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरेको छ।
डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। उक्त राजीनामा पत्र सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो। आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए।







प्रतिक्रिया लेख्नुहोस्:-