काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आफ्नो पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
उनले सोमबार नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताए । उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।
उनले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरू व्यापारीजस्ता व्यापारीहरू नेताजस्ता देखिएको बताए । महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्धमा एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-