काठमाडौं । थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बच्चा खोजीका लागी प्रहरी टोली खटिइसकेको बताए।
प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी छन्। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्।
बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी थिइन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ। प्र







प्रतिक्रिया लेख्नुहोस्:-