काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अहिले नै नयाँ गठबन्धनबारे केही टिप्पणी नगर्ने भएको छ । उनले गुण र दोषका आधारमा आफ्नो धारणा बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर एमालेसहितका दलहरुसँग अर्को गठबन्धन बनाएपछि सोमबार दिउँसो बसेको बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा धारणा बनाउने निर्णय गरेको हो ।
बैठकपछि महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण र दोषका आधारमा पार्टीले आफ्ना नीतिहरु स्पष्ट पार्ने बताएका छन् ।
ु







प्रतिक्रिया लेख्नुहोस्:-