काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी कार्यालयमा भएको आक्रमणलाई आपराधिक घटना भनी टिप्पणी गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका हुन् ।
आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्ष नजिक श्रेष्ठमाथि हातपात गरेका थिए । पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-