हिमानी ट्रष्ट युएसए क्यालिफोर्निया च्याप्टरद्वारा गत शनिवार पूर्व युवराज्ञी हिमानी शाहको सम्मानमा विशेष ‘मिट एण्ड ग्रिट’ कार्यक्रम स्यान्तारोजामा सम्पन्न भयो l
हिमानी ट्रष्ट युएसए का प्रोग्राम को अर्डिनेटर रविसिंह बस्नेतको संयोजनमा भएको सो कार्यक्रमा वे एरियाका प्रसिद्ध नेपाली एव स्यान्तारोजा र नापाका अमेरिकन व्यावसायीहरु सहभागी भएका थिए ।
ट्रस्टका कार्यक्रम संयोजक बस्नेतले दिएको जानकारी अनुसार ट्रस्टको सामाजिक कार्यको लागि नेपाली तथा अमेरिकन हरुले डोनेशन गरेका थिए l
कार्यक्रममा कोलोराडो च्याप्टरकी सिनियर सल्लाहकार शान्ति श्रेष्ठ, ट्रढटका कोषध्यक्ष मनोज श्रेष्ठ, एनआरएनए का उपाध्यक्ष एवं लस एन्जलसका ज्ञानेन्द्र गुरुंग, लसएन्जलसकै सामाजिक अभियन्ता चिरन्जिवी गौतम, नर्दन क्यालिफोर्नियाका ब्यूरो एम्बेसडर गीता श्रेष्ठ, प्रज्ञा वाग्ले, रीना जोशी प्रधान, प्रमिला थापा, सरिता अर्याल, क्यामुला बखाती, मुना गौतम लगायतका समाजसेवीहरु पूर्व युवराज्ञीवाट सम्मानित भएका थिए ।
कार्यक्रममा ट्रस्टका सल्लाहकार नारायण सोमनामेले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-