नेपाली क्रिकेटकाे चाम अहिले ह्रवात्तै बढेकाे छ । राष्ट्रिय टिमका कप्तान पारस खड्का, सन्दीप लामिछाने अहिले अन्तराष्ट्रिय मिडियाकाे समेत नजरमा पर्ने गरेका छन । क्रिकेटका खेलाडी फ्यान फलाेअर लाखाै छन । वर्तमान राष्ट्रिय टिमका बारेमा धेरैलाइ धेरै कुरा थहा छ तर नेपालकाे पहिलाे राष्ट्रिय क्रिकेट टिमका बारेमा जानकारी नहुन सक्छ । प्रस्तुत छ बजारमा अाउनै लागेकाे राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एल बी क्षेत्रीकाे पुस्तकबाट कसरी बन्याे पहिलाे राष्ट्रिय टिम ।
पहिलो राष्ट्रिय टोलीको छनोट
वीरगन्जको १२औँ जय ट्रफी किनपनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीतयार हुँदै थियो । त्यो पनिआधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीहुनकालागि । एसियालीक्रिकेट परिषद् (एसीसी)ले टेस्ट मान्यतानपाएकाएसियाली राष्ट्रहरूबीच आपसीभाइचारा बढाउनुका साथै क्रिकेटको विकास गर्ने उद्देश्यले पहिलोपटक एसीसी ट्रफी सुरु गर्दै थियो । प्रथम एसीसी च्याम्पियनसिपमलेसियामागर्ने तय भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान)लाई राष्ट्रिय टोली तयार गर्नैपर्ने थियो । तसर्थ, जय ट्रफीमा उच्चप्रदर्शनकाआधारमा २४ जनालाई प्रारम्भिक छनोट गरियो । बाँकेबाट गणेशबहादुर शाही र म छानियौँ । हामीलाईवीरगन्जमै बन्द प्रशिक्षणका लागिबोलाइयो । माइस्थानको धर्मशालामा बस्ने, मेसमाखाने र नारायणी रङ्गशालामा प्रशिक्षण तथाअभ्यास गर्ने तालिकातयार थियो । कंक्रिट पिचथियो, म्याटमा अभ्यास गराइयो ।बन्द प्रशिक्षणका लागिभारतकावीरेन्द्र भटनागर र पाकिस्तानकाफारुकजमानलाई प्रशिक्षकका रूपमाल्याइएको थियो । उनीहरूसँगै नेपालीप्रशिक्षकहरू अरूण अर्याल र सुनोज भट्टराईको निगरानीमाबन्द प्रशिक्षण चल्यो । वीरगन्जको चर्को गर्मीमा एक महिनाबन्द प्रशिक्षण गर्नु निकै कठिन थियो । बिहान–बेलुका दौड्ने र अभ्यास गर्ने गथ्र्यौं । तापक्रम ४२ डिग्री नाघेको थियो । एकमहिने बन्द प्रशिक्षणमा छाला डढेर म झन् कालो भएको थिएँ ।
मप्रदर्शनबाट सन्तुष्ट थिएँ । त्यसैले टिममा पर्ने आत्मविश्वास पलाएको थियो । नेपालमापहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा छनोट प्रक्रिया के–कस्तो होलाभन्ने संशयभने मनमाथियो । किनभने, खेलाडी छनोटमा भारतमापनिभनसुन चल्थ्यो । वीरगन्ज छनोटमात्यस्तो हुने सम्भावनाकमै थियो । नभन्दै बन्द प्रशिक्षणपछि छनोटहुने १८ जनामाबाँकेबाट म र गणेश अटाएका थियौँ । राष्ट्रिय टिम घोषणागर्न अझै ४ जना खेलाडी हट्न बाँकी नै थियो । मैले मिहिनेत, लगनशीलता र अनुशासनमाकहीँकतै कमीआउनदिएको थिइनँ । त्यसैले १४ सदस्यीय राष्ट्रिय टिममा गणेश र म पनिपर्यौ । यसले बङ्गालमा हराएको मेरो क्रिकेट खुसीफर्किएझैँ लाग्यो ।
मेरा दुई सपनाथिए, पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल्ने । दोस्रो, त्यो पनि नेपालको राष्ट्रिय टिमबाट । भारतमै बसेर सपना देखेको खेलाडी आफ्नै देशको राष्ट्रिय टिमको जर्सीमा खेल्न पाउनु कम्तीगर्वको विषयथिएन । साँच्चै त्यो जीवनकै ठूलो खुसीथियो ।
प्रथम एसीसी १९९६ मलेसिया
वीरगन्जको एकमहिने बन्द प्रशिक्षणपछि म कोहलपुर फर्कें । २२ अगस्ट १९९६ माक्यानअध्यक्षजयकुमारनाथ साहले हस्ताक्षर गरेको फ्याक्स प्राप्तभयो । त्यसमा राष्ट्रिय टिममा छनोट भएका खेलाडीको अन्तिमनामावलीथियो । जिम्मेवारीसमेत बाँडफाँट गरिएको थियो । फ्याक्स हात परेपछि खुसीको झन् सीमा रहेन । किनभने, मलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो । कप्तानमाउत्तमकर्माचार्य छनोट भएकाथिए ।
सँगै, जिम्मेवारीबोध पनि गरायो । पहिलो राष्ट्रिय टिममा उत्तमकुमार कर्माचार्य (धनुषा) कप्तान, लेखबहादुर क्षत्री (बाँके) उपकप्तान, मनीषराज पाण्डे (मोरङ), पवनअग्रवाल (बारा), पुकार पन्त (ललितपुर), सञ्जय गुरुङ (रूपन्देही), जगत टमाटा (रूपन्देही), राजु खड्का (रूपन्देही), मुसरफ इजहार (पर्सा), गणेश शाही (बाँके), किरण राणा (काठमाडौँ), बसन्तशाही (रूपन्देही), विशालगुप्ता (बारा) र रितेश बराल (धनुषा) थिए ।
चार जनालाई वैकल्पिकमा राखिएको थियो । त्यसमाविकेट किपरको रूपमा शङ्कर राणा, ब्याट्सम्यानमा सन्दीपश्रेष्ठ, अलराउन्डरका रूपमा सर्वजित पाण्डे र बलरका रूपमा राकेश पन्तथिए । छनोट समितिको संयोजकतत्कालिन नेपालक्रिकेट सङ्घका टीबी शाहथिए । उनले लामो समय नेपालीक्रिकेटको सेवा गरे ।
प्रथम एसीसी च्याम्पियनसिप (६ देखि १६ सेप्टेम्बर १९९६) मलेसियामाहुँदै थियो । पहिलो दिन नै हाम्रो म्याचथियो । त्यसैले ४ सेप्टेम्बरमै हामी उड्यौँ । तत्कालीन नेपालक्रिकेट सङ्घ (क्यान)कामहासचिवविनयराज पाण्डेको कार्यालयबाटै क्यानको सम्पूर्ण गतिविधि सञ्चालनहुन्थ्यो । पोसाक र जुत्ताहामीले त्यहीँबाट पायौँ । क्यानकाअध्यक्ष साह, उपाध्यक्ष टीबी शाह, महासचिव पाण्डेलगायतले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई बिदाइ गरे । बिदाइका बेलाअध्यक्ष साहले भनेकाथिए, ‘ल, राम्रो गरेर फर्किनू ।’ दौरासुरुवाल, कोट र भादगाउँले टोपीमा खेलाडीहरू सजिएकाथिए । मेरा लागि नेपाली राष्ट्रिय पोसाकपहिरिएको त्यो पहिलो अनुभवथियो । त्यसैले फोटो सेसनमा म रमाएको थिएँ । थाइल्यान्ड हुँदै हामीक्वालालम्पुर पुग्यौँ । त्यहाँबाट बसले हामी बस्ने पाँचतारे होटल क्राउनप्रिन्सेस पुर्यायो ।
मलेसियामा टर्फ र स्ट्रोटर्फमाप्रतियोगिताभएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिताथियो । जसलाई दुई समूहमा बाँडिएको थियो । एउटा समूहबाट शीर्ष दुई देश सेमिफाइनलमापुग्थे ।
यहीशुक्रबार काठमाडौंमाविमोचनहुने पुस्तकएलबी क्षेत्री : कप्तान १९९८को पुस्तक अंश







प्रतिक्रिया लेख्नुहोस्:-