काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदमा सत्रैभन्दा ठूलो दललाई नै पाखा लगाएर सरकार बनाइएको यो धेरै समयसम्म नटिक्ने दावी गरेका छन् ।
उपसभापति गुरुङ बुधबार झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै मुलुकको मियो नै कांग्रेस भएकाले कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने बताएका हुन् ।
उपसभापति गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-