काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । कार्यालय सचिव जीवनराम श्रेष्ठले बैठक शुक्रवार दिउँसो १ बजे बस्ने जानकारी दिए ।
नेता श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-