दूरबिन नेपाल ।
अमेरिका ।
अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सानफ्रानसिस्को बे एरियामा शनिवार आयोजित पिकनिक कार्यक्रममा ४ सय भन्दा बढि नेपाली सहभागि भए ।
अमेरिका आएपछि पनि नेपाली कांग्रेसलाई बिभिन्न तरहले सहयोग पु¥याउदै आएका केही प्रजातन्त्रवादीहरू मिलेर आयोजना गरेको निशुल्क पिकनिक कार्यक्रममा नेपालीहरूको जिब्रोमा झुन्डिएका परिकारहरू म म, बारबीक्यू, अचार, तरकारीको राम्रो प्रबन्ध गरिएको थियो । आयोजकहरूले सहभागीलाई सत्कार गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए ।
राजनीति होइन !
नेपाली कांग्रेसको निर्वाचनको चुनाव चिन्ह रूख अङ्कित टिसर्ट लगाएका स्वयम् सेवकहरुको बाक्लो उपस्थितिका कारण पिकनिक आपसी सद्भाव र शुभकामनामा मात्र सीमित नभइ वैचारिक राजनीतिक र समूहगत सद्भाव अभिवृद्धिका लागि पनि गरिएको धेरै सहभागीहरूले बुझेका थिए । निकट भविष्यमा हुने नेपाली जन सम्पर्क समितिमा उठ्न बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी र च्याप्टरका लागि इच्छुकले गरिरहेको पूर्व अभ्यासको रुपमा निशुल्क पिकनिक आयोजना गरिएको कतिपयको भनाई थियो । तर बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी भने यसमा सहमत छैनन् । केसीले दूरबिन नेपाललाई छोटो प्रतिक्रिया दिदैँ भने “यो कुनै राजनीतिक उद्देश्य र अध्यक्ष दौडका लागि गरिएको पिकनिक होइन ।”
अमेरिकामा रहेका नेपाली कांग्रेस निकटहरूको आधिकारिक संस्था नेपाली जनसम्पर्क समिति मार्फत नगरी व्यक्तिगत रुपमा पिकनिक आयोजना गरिएपछि जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले संस्थाको आधिकारिक कार्यक्रम नभएको विज्ञप्ति मार्फत जनाएको थियो । पिकनिकमा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका कार्यवाहक सभापति नारायण खनाल, लगायतका केही पदाधिकारी र सदस्यहरू सहभागि भएनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-