सोलुखुम्बु जिल्ला नेपाली काँग्रेसका पूर्व सभापति प्रभुराम बस्नेतकी धर्मपत्नी बुद्धकुमारी बस्नेतको निधन भएको छ । स्वास्थ्य समस्याका कारण गत डिसेम्बर ३० तारिक सानहोजेमा रहेको साउथ बास्कम अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको बस्नेत परिवारले जनाएको छ । स्वर्गीय बस्नेतका तीन छोरा परशुराम बस्नेत, शुभराम बस्नेत, बलराम बस्नेत र एक छोरी इन्दिरा बस्नेत रहेका छन् ।
जनवरी ३ तारिक बुधवार अमेरिका स्थित क्यालिफोर्निया राज्यको फ्रिमन्टमा स्वर्गीय बुद्धकुमारी बस्नेतलाई श्रद्धान्जलि दिएर अन्त्येष्टि कार्यक्रममा सम्पन्न भयो । कार्यक्रम बस्नेत परिवारका आफन्त, साथीभाइ, शुभचिन्तक र विभिन्न सङ्घ संस्थाका प्रमुखहरू सहभागी भएका थिए । एक दलिए पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रका लागि आन्दोलनमा सक्रिय रहेको बस्नेत परिवार तत्कालीन राज्य व्यवस्थाबाट दण्डित हुँदा स्वर्गीय धर्मपत्नी बुद्धकुमारी बस्नेतले पनि धेरै सास्ती बेहोर्नु भएको थियो । एनआरएनए आइसीसी सदस्य उत्तम कार्कीले श्रद्धान्जलि कार्यक्रममा सहभागीहरूलाई शोक मन्तव्य राख्ने समय दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-