काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटीले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन मिति यथाशक्य चाँडो घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको छ।
शुक्रबार प्रधानमन्त्रीलाई भेटेर कमिटीले यस्तो मागसहित ज्ञापनपत्र बुझाएको हो। त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियनको अद्यावधिक निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी व्याप्त रहेको कमिटीको ठहर छ।
अनेरास्ववियुले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत्र ५ गते निर्वाचन गर्ने प्रस्तावको स्वागत पनि गरेको छ। कमिटीका अध्यक्ष सुदेश पराजुलीले पूर्ण समानुपातिक स्ववियु निर्वाचन सन्दर्भमा विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर निर्देशन दिने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्:-