काठमाडाै । संसदकाे लाेगाे लगाएर पनि रेशम चाैधरी अझै कारागारमा नै रहने भएका छन् । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा थुनामा रहेका चाैधरीलाई थुनामुक्त गर्न अस्वीकार गरकाे छ ।
२०७२ भदाैमा थारू आन्दोलनका क्रममा कैलालीको टीकापुरमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। साेही घटनाका मुख्य मतियारकाे आराेप लागेका चाैधरी लामाे समय भुमिगत बसे । भुमिगत रूपमै गत बर्ष संघीय संसदकाे निर्वाचानमा कैलाली १ बाट विजयी भएका चाैधरीले पछि आत्मसमर्पण गरेका थिए ।
थुनामा रदाकै अवस्थामा गत साता सभामुख कृष्ण बहादुर महराले चाैधरीलाई सांसद पद तथा गाेपनियताकाे सपथ खुवाएका थिए । जेलबाट प्रहरीकाे भ्यायनमा आई सपथ लिएर पुन जेल फर्किएका चाैधरीले थुनामुक्त हुनु पर्ने भन्दै अपिल गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-