काठमाडौं । २२ औँ आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । उसले अमेरिकाको भुटनिज युथ एसीलाई हराउँदै उपाधि जितेको हो ।
पोखरा रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा संकटाले भुटनिज युथलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
खेल अतिरिक्त समयमा पुग्नुअघि निर्धारित समयमा संकटा र भुटनिज युथले २–२ को बराबरी खेलेका थिए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गरेको गोल नै संकटाको जितमा निर्णायक बन्यो ।






प्रतिक्रिया लेख्नुहोस्:-