काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानमा नै राष्ट्रपतिलाई कार्यकारी भूमिकामा आउन नमिल्ने गरी प्रावधान राख्नुपर्ने बताएका छन् ।
सभापति लामिछानेले आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा यस्तो बताएका हुन् ।
सभापति लामिछानेले संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यहरू अनिवार्य रूपमा उपस्थिति हुने प्रावधानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।







प्रतिक्रिया लेख्नुहोस्:-