काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगमा व्यक्तिगत विधामा लिग च्याम्पियन मनाङ मर्याङ्दी क्बलकै धेरै खेलाडी उत्कृष्ट बनेका छन् ।
घाेषित पाँच मध्ये मनाङका तीन तथा थ्रीस्टार र त्रिभुवन आर्मीका एक एक जना उत्कृष्ट भए । मनाङका गाेलरक्षाक, मध्यपंक्ति र प्रशिक्षक अब्बल ठहरिए । गाेलरक्षकमा विशाल श्रेष्ठ, मध्यपंत्तिमा हेमन गुरूङ र प्रशिक्षमा सुमन श्रेष्ठले अर्वाड थापे । यस्तै रक्षापंत्तिमा थ्रीस्टारका रन्जित धिमाल उत्कृष्ट भए । उत्कृष्ट स्टाइकरमा आर्मीका भरत खवासले बाजी मारे ।
लिगमा सर्वाधीक गाेल गर्नेकाे सुचीमा भरत सँगै मनाङका आफिज ओलावाले र थ्री स्टारका डिफेण्डर रन्जित धिमाल थिए । यी तीनै जनाले सात सात गाेल गरेका थिए । आफिज ओलावाले पाँच पहेलाे कार्ड खाएका थिए ।
उत्कृष्ठ घाेषित सबैले एक-एक थान पल्सर मोटरबाइक र जनही नगद ५० हजार पाए । एन्फाले यस पटक थप गरेकाे स्वर्गिय मणि विक्रम शाह युवा प्रतिभावान पुरस्कार आर्मीका विकास खवासले पाए । याे अवार्डमा नगद एक लाख रहेकाे छ । फेयर प्लेको अवार्ड ब्रिगेड ब्वाइज क्लबले जित्यो। ब्रिगेडले नगद १ लाख पायो।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठ
मनाङका गाेलरक्षक विशाल श्रेष्ठ

थ्रीस्टारका डिफेन्डर रन्जित धिमाल


तस्वीर साैजन्य एन्फा










प्रतिक्रिया लेख्नुहोस्:-