जक टिम नेपाल आईस हक्की सुदुरपश्चिम खप्तड गाेल्ड कपकाे उद्घाटन खेल मै पराजित भएकाे छ । धनगढी रंगशालामा मंगलवार भएकाे खेलमा मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टरले आयोजक सुरपश्चिम ११ क्लबलाई सडेन डेथमा हरायाे ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएकाे थियाे । त्पस पछि सडन डेथमामा काक्करभीट्टाले विजयी भयाे । सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो ।
त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई काक्करभीट्टाका गाेलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पाए । विजेता टोली काक्करभीट्टाले अब पुस २८ गते सशस्त्र प्रहरी बलकाे सामना गर्नेछ ।








प्रतिक्रिया लेख्नुहोस्:-