ध्रुव कुँवर
अमेरिका । युद्ध र विनाशले बाच्न पाउने अधिकार, मानव सभ्यता र संस्कारका न्यूनतम मूल्यमान्यताहरूको बध गरिदिन्छ । इरान र अमेरिका बीच जारी तनावसँगै बिकसित घटनाक्रम यसको पछिल्लो उदाहरण हो । अमेरिकी ड्रोन आक्रमणमा इरानी जनरल कसीम सोलेमानी मारिए पछि इरानका सडकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोक्ने काम मात्र होइन अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण समेत भएको छ । दुई देश बीचको लामो तनावले नयाँ मोड लिएको छ ।
अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरल कसीम सोलेमानी अन्त्येष्टिको क्रममा तेहरानको सडकमा हजारौं इरानी नागरिकहरूको उपस्थिति थियो । जसको प्रत्यक्ष प्रसारण त्यहाँका आधिकारिक सन्चार माध्यमहरूले गरेका थिए । सोही प्रसारणको क्रममा हत्याको बदला भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य समेत तोकियो । इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘तानाशाह’ र अमेरिकी आक्रमणलाई ‘अन्तराष्ट्रिय आतङ्कवाद’ भन्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको मूल्य किन ८० मिलियन डलर नै तोकियो भन्ने सन्दर्भमा आक्रोशित इरानीहरूले भनेका छन् “प्रत्येक इरानी नागरिक त्यसमा सहभागि हुन चाहन्छन् ।” पछिल्लो समय २०१७ भएको इरानको जनगणनालाई हेर्ने हो भने इरानको जनसङ्ख्याको ८१ मिलियन छ । र उक्त रकम इरानी हरेक एक नागरिक बराबर १ डलर हुन्छ सो रकम उठाउन इरानीहरू तयार रहेको बारम्बार उनीहरूले दोहोर्याएका छन् ।
आक्रोश अमेरिका विरुद्ध मात्र सीमित छैन । इरानको राजधानी तेहरानमा निस्केको अन्त्येष्टी जुलुसमा अमेरिका र अमेरिकाका हितैसी, साउदी अरेबिया र इजरायल विरुद्ध चर्का नाराबाजी र राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य तोक्ने काम भएको ब्रिटिस online https://www।mirror।co।uk/ ले जनाएको छ । यहाँ स्मरणीय के छ भने इरानले साउदी अरेबिया र इजरायललाई आफ्ना क्षेत्रका दुश्मनको रुपमा लिने गर्दछ ।
यता राष्ट्रपति ट्रम्प पनि लगातार आफ्नो ट्विटर मार्फत इरानलाई थप उत्तेजित बनाउन आक्रोश पूर्ण धम्की दिइरहेका छन् । उनी आफ्नो ट्विटमा भन्छन् “यदि इरानले कुनै पनि अमेरिकी संस्था र अमेरिकी नागरिकलाई आघात पुर्याउन खोजे तेस्को जवाफ अमेरिकाले भयानक तरिकाले दिने र अमेरिकी सैनिकहरूले इरानका ५२ वटा बेस पत्ता लगाएको र ति सबै बेसहरु उडाइदिने छ ।” इरानले अमेरिकाका महत्वपूर्ण सैनिक अखडामा आक्रमण गर्ने बताए पछि अमेरिकाले धम्किपुर्ण प्रतिउत्तर गरेको हो । दुबै पक्षबाट आइरहेका उत्तेजक अभिब्यक्तिसँगै इरानले इराक स्थित अमेरिकी एरबेसमा दर्जन भन्दा बढी मिसाइल आक्रमण गरिसकेको छ । र घटनाको जिम्मेवारी समेत इरानले लिएको छ । बढिरहेको तनाबलाई मध्ये नजर गर्दै संयुक्त राष्ट्रसंघ, युरेपेली संघ लगाएत अन्य राष्ट्रहरुले शान्तिको अपिल गरेका छन् । तर दुई देश भने युद्धमा होमिसकेका छन् । यसले तेस्रो विश्व युद्धको अडकलबाजी चलिरहेको भएपनि त्यो संभावना निक्कै कम छ । तर मध्ये पुर्बमा अमेरिकाको उपस्थिति कमजोर हुने वा इरानको सैने दम्भ र प्रभाव निश्तेज गर्ने बिन्दुसम्म भने यो जानसक्छ ।
मध्ये पुर्बमा सेना र युद्ध प्रविधिको हिसावले इरान निकै सक्तिसाली राज्य मानिन्छ । इरानलाई चीन रुस लगायत केही छिमेकी राष्ट्रका अर्ध सैनिकको पनि समर्थन छ । २०१५ को परमाणु सम्झौतालाई नमान्ने कुरा इरानले यस अघिनै जनाई सकेको छ । इरानाले छिटै नै परमाणु हतियार संम्पन्न राष्ट्रको रुपमा उभ्याउन सक्छ । यद्यपी अमेरिकी हतियार, प्रविधि, सामरिक महत्वका ठाउँहरुमा रहेको सैनिक उपस्थितिका कारण इरानलाई अमेरिकासँग युद्ध लड्नु फलामको च्यूरा चपाउनु बराबर हुने छ ।
तस्बिर: गुगल
प्रतिक्रिया लेख्नुहोस्:-