काठमाडौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसी सँग भएको सम्झौता पालना नगरेर सरकारले धोका दिएको आरोप लगाएका छन् ।
राजधानीमा पत्रकारहरु सँग प्रतिक्रिया दिदै थापाले भने “ सरकारकाले संसदभित्र भएको आफ्नो शक्तिको शुरुपयोग गरेर गोविन्द केसी सँग भएको सम्झौताको खिलापमा मात्र गएको छैन । आम नेपाली जनताको खितापमा गएको छ । षड्यन्त्र ग¥यो धोका दियो ।”
थापाले सरकार केही व्यापारीको स्वार्धमा बाधिएको पनि आरोप लगाएका छन् । सरकार सँग दुई तिहाई बहुमतको सुविधा भएको र प्रतिपक्षको पनि हाम्रो साथ हुदा हुदै पनि सरकार संचालन गर्ने मानिसहरु मध्ये केहीको व्यापारिक स्वार्थीका निम्ति सरकारले शक्तिको दुरुपयोग र खिल्ली उडाउने काम गरेको बताए ।
“आज बहुमतबाट पारित गरिएको छ जर्वजस्ती, त्यही सरकारले सम्झौता ग¥यो त्यही सरकारले जसले संसदमा आएर पढेर सुनायो, त्यही सरकारका सचेतकले संसदमा दर्ता गरायो, आज हाँसी हाँसी सदनको खिल्ली उठायो ।”
उनले प्रधानमन्त्री ओलीलाई समयमा नै सच्चिन नभए जनताका सामु आएर बोल्न पनि चुनौति दिएका छन् । “म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहान्छु यसलाई रोक्नुस सच्याउनुस, कि तपाई जनताको बिचमा बसेर मैले अस्ती गोविन्द केसीलाई पनि ढाटेको हो जनतालाई पनि ढाटेको हो मेरा निम्ति सम्झौताको कुनै पनि अर्थ छैन जनताको पनि अर्थ छैन एउटा निजि मेडिकल खोल्ने कुराको मात्र अर्थ छ भन्ने कुरा भन्नुस ।”






प्रतिक्रिया लेख्नुहोस्:-