Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष दाहाल

पुस २५, २०७५ १:५७ मा प्रकाशित
निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष दाहाल

gf/fo0fu9sf] gf/fo0fL gbL lsgf/df a'waf/af6 z'? ePsf] lrtjg dxf]T;j @)&% sf] pb3f6g ;df/f]xdf ;Daf]wg ug{'x'Fb} g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf k'iksdn bfxfn k|r08 . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

Share on FacebookShare on Twitter

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनुभएको छ ।

चितवन महोत्सवको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । मुलुकमा विकास हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उठ्नु प¥यो, जनता समृद्ध हुनु प¥यो, जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ, लिबरल इकोनमिकबाट गरे पनि हुन्छ ।”

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ ।”

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या रहेको उहाँले बताउनुभयो । राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ ।” उहाँले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाका रुपमा विकास गर्न सक्छौँ भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गर्नुभएको थियो । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

गणेशस्थान निर्माण स्थलको निरीक्षण 

पूर्वप्रधानमन्त्री दाहालले भरतपुरको गणेशस्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । सो स्थलको आज बिहान स्थलगत निरीक्षणपछि उहाँले राम्रो पर्यटकीयस्थल बन्न सक्ने बताउनुभएको हो ।

उहाँसँगै सो स्थल पुग्नुभएका प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार दाहालले शहरको नजीक सुन्दर स्थल रहेको भन्दै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न सक्ने बताउनुभयो ।

अध्यक्ष दाहाललाई उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “उहाँले यो ठाउँ धेरै राम्रो हुन्छ, तपार्इं अगाडि बढ्नुहोस् म के सहयोग गर्नुपर्छ गर्छु ।” उहाँले स्थानीयस्तरबाटै सक्रिय भएर निर्माण गरिने यस्ता परियोजनालाई पर्यावरणसँगै पर्यटन विकासमा समेत नयाँ आयाम थप्ने बताउनु भएको थियो ।

प्रदेश सभा सदस्य सुवेदी, गणेशस्थान संरक्षण समितिका अध्यक्ष दिनेश चुके, भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी लगायतले गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न लागिएको जानकारी गराउनु भएको थियो । सो ठाउँलाई गणेशधाम निर्माणका लागि गुरुयोजना र विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । धाम निर्माणका लागि करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ ।

हालै मात्रै महायज्ञ आयोजना गरी रु ११ करोड सङ्कलन गरिएको थियो । सो ठाउँमा तलाउ, पार्क, मन्दिर, गणेशको मूर्ति लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result