Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यस्ता छन पुस १९ र २३ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्यण 

पुस २६, २०७५ २:३३ मा प्रकाशित
यस्ता छन पुस १९ र २३ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्यण 

dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ;~rf/ tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f laxLaf/ dGqfnodf g]kfn ;/sf/sf] dlGqkl/ifbaf6 ePsf lg0f{ox? ;fj{hlgs ub}{ . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  सरकारले नेपाल विशेष सेवा (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ ।  सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“नेपालगञ्ज (बाँके) रङ्गशाला परिसरभित्र रहेका दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकूद परिषद्लाई स्वीकृति दिनाका साथै सात जना प्रमुख सेनानीलाई दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरिएको छ”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिनाका साथै विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सचिवालयस्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा संजय शर्मालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी भाग लिन पठाउने भएको छ ।

नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले गाउँ विकास समिति राष्ट्रिय महासङ्घ नेपालको संशोधन विधान, २०७४ र रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ लाई स्वीकृत गर्नाका साथै महेन्द्रनगर विकास समिति विघटन गरेको छ ।

सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये नौ विकास समिति सङ्घअन्तर्गत रहने गरी कायम गरेको छ । तिनमा कान्ति बाल अस्पताल विकास समिति (गठन) आदेश, २०४० बमोजिम गठित कान्ति बाल अस्पताल, काठमाडौँ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति (गठन) आदेश, २०४६ बमोजिम गठित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौँ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग विकास समिति (गठन) आदेश, २०४९ बमोजिम गठित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौँ छन् ।
त्यसैगरी सिंहदरबार वैद्यखाना विकास समिति (गठन) आदेश, २०५१ बमोजिम गठित सिंहदरबार वैद्यखाना काठमाडौँ, कीटजन्य रोग अनुसन्धान तथा तालीम विकास समिति (गठन) आदेश, २०५६ बमोजिम गठित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, काठमाडौँ, मानसिक अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित मानसिक अस्पताल, ललितपुर र नरदेवी आयुर्वेद अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित नरदेवी आयुर्वेद अस्पताल छन् ।

काठमाडौँ र मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ बमोजिम गठित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम गठित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुर, काठमाडौँ पनि सङ्घअन्तर्गत कायम गरिएको छ ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीको सेवा अवधि तीन वर्ष पूरा भएकाले यही पुस २३ गतेदेखि लागू हुने गरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकाश दिने निर्णय गरेको छ ।
रिक्त रहने उक्त पदमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुने गरी बढुवा गरिएको छ ।

“झापा जिल्ला महारानीझाडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्तासम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका मदनप्रसाद अधिकारीलाई तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ”, प्रवक्ता बाँस्कोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result