दूरबिन नेपाल, न्युयोर्क
विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्करले मृत्यु भएका नेपाली बालक श्रृजल पन्थीको दाहसंस्कार यहि शनिवार न्युयोर्कमा हुने भएको छ । पारिवारिक श्रोतका अनुसार दश बर्षीय पन्थीको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार जनवरी ११ तारिखका दिन शनिवार गरिने भएको छ । सो धार्मिक संस्कार तथा अन्त्यष्टि कर्ममा सहभागी हुन आफन्तजन लगायत सबैमा आग्रह गरिएको छ । जनवरी ११ तारिखका दिन विहान ११ बजेदेखि १ बजेसम्मम धार्मिक संस्कार तथा अन्त्यष्टि कर्म गरिने भएको छ । श्रद्धाञ्जली तथा अन्यष्टि कार्यक्रमबारे जानकारी यसरी दिइएको छ ।
धार्मिक संस्कार र अन्त्यष्टि कर्म जनवरी ११ शनिवार विहान ११ बजेदेखि १ बजेसम्म हुने छ । सो कार्यक्रम हुने स्थान यसप्रकार तोकिएको छ ।
Coppola Migliore Inc
Funeral Home
49-01 104th Street
Corona , NY 11368
त्यसैगरि दाहसंस्कार सोही दिन दिउसो साढे एक देखि साढे दुईसम्ममा गरिने बताइएको छ । दाहसंस्कार हुने स्थान यसप्रकार तोकिएको छ ।
Fresh Pond Cemetery
6140 Mount Olive Crescent
Middle Village NY 11379
दााहसंस्कार तथा धार्मिक संस्कारबारे जानकारीको लागि मोहन ज्ञवाली, सञ्जय थापा, रमेश पौडेल, राजेन्द्र खड्का, कमला गौतम, रामहरी अधिकारी, विश्व शाह, अच्युत सिग्देल र मंगलदास श्रेष्ठलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
गत बुधबार विहान विद्यालय जानेक्रममा श्रृजल पन्थीलाई फोहोर बोक्ने ट्रकले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । सोही ट्रकले श्रृजलकी आमा मिना पन्थीलाईपनि ठक्कर दिएको थियो उनको अहिले एलम्हस्र्ट हस्पिटलमा उपचार भइरहेको छ ।
पारिवारिक श्रोतका अनुसार पीडाको यो अवस्थामा समवेदना दिंदा वा सान्त्वना व्यक्त गर्दा सामाजिक सञ्जालमा तस्विर नराखिदिन पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-