काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मतिमा अझै सुधार नआएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आज पार्टी निकट विशेष कमिटीले आरआर क्याम्पसमा गरेको कार्यक्रममा राष्ट्रियसभा चुनावको सन्र्दभमा ओलीले आफ्नो पार्टीलाई अवमुल्यन गरेको भन्दै नेपालले असन्तुष्टि पोखेका हुन्।
नेपालले भने, ‘ओलीले बालुवाटार गएर राष्ट्रिय सभामा हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई ९ सिट दिनुस् तपाइँ ५ सिट राख्नुस् एकीकृत समाजवादीलाई जिरो बनाइदिऔं भन्नुभएछ। उहाँको मति अझै सुध्रिएको रहेनछ।’







प्रतिक्रिया लेख्नुहोस्:-