काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले चिकित्सक विशद दाहालमाथिको निलम्बन फुकुवा गरेको छ ।
बुधबार बेलुकी अस्पताल प्रशासन र चिकित्सकहरूबीच आठबुँदे सहमति भएपछि निलम्बन गरिएका चिकित्सक विशद दाहाल बिहीबारदेखि केएमसीमा प्रवेश गरेका हुन्।
यसअघि केएमसी प्रशासनले तैनाथ सेक्युरिटी राखेर उनलाई केएमसी प्रवेशमै रोक लगाएको थियो। शिक्षा मन्त्रालय, संसद्को शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समिति, काठमाडौं विश्वविद्यालय, नेपाल चिकित्सक संघ, चिकित्सा शिक्षा आयोगको दबाबपछि मात्रै केएमसीले निलम्बन फुकुवा गरेको हो।
केएमसीले आयोजना गरेको हेल्थ क्याम्पमा उपस्थित नभएकोलगायत कारण देखाउँदै डा. दाहाललाई एक महिनासम्म निलम्बन गर्ने निर्णय अस्पताल प्रशासनले गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-