Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ परिक्षा नेपालमा नै शुरु

पुस २८, २०७५ ९:१६ मा प्रकाशित
मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ परिक्षा नेपालमा नै शुरु
Share on FacebookShare on Twitter

 

काठमाडौ । मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच) – (यूके) परिक्षा अब नेपालमा नै शुरु भएको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले अस्पतालमा उपलब्ध विश्व स्तरिय पूर्वाधार, सेवा सुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिबिध शैक्षिक गतिबिधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एम आर सि पि सि एच परिक्षाका लागि छनौट गरेको जानकारी गराउनुभएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका बिबिध बिषयहरुमा सहकार्यगरी अघि बढ्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सदैब तत्पर रहेको जिकीर गर्नुभयो ।

आर सि पि सि एच का स्ट्रटिजिक लिड डा. रमेश मेहताले एम आर सि पि सि एच परिक्षा नेपालमा संचालन हुनु गर्बको बिषय भएकोले यसले नेपाललाई सार्क मुलुकहरुको परिक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल संभावना रहेको बताउनु भयो । उहाँले संसारभरका ३५ वटा मुलुकमा रहेका परिक्षा केन्द्रहरुमार्फत हरेक बर्ष छ हजार बालरोग बिशेषज्ञहरुको परिक्षा लिने गरिएको समेत बताउनुभयो ।

आर सि पि सि एच का सिनियर एक्जामिनर डा. मिथलेश लाल ले पहिलो पटक नेपालमा हुन लागेको एम आर सि पि सि एच परिक्षा यस पटक परिमार्जित तथा प्राबिधिक हिसाबले थप स्तरिय भएको जिकीर गर्नुभयो ।

आर सि पि सि एच का प्रिन्सिपल रिजनल एक्जामिनर डा. चन्देश्वर महासेठले नेपालले धेरै बर्षको प्रयासपछि यो उपलब्धि हाँसिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात एक करोड बिस लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उहाँको भनाई छ ।


त्यसैगरी यसले बेलायतमा थप अध्ययन तथा अनुसन्धानकालागि मार्ग प्रशस्त गर्ने भएकाले यो परिक्षा अर्थपूर्ण रहेको समेत बताउनुभयो ।
उहाँले एम आर सि पि सि एचका लागि नेपालका होस्ट तथा ग्राण्डी अस्पतालका फ्याकल्टी बालरोग बिशेषज्ञ डा. अमृत घिमिरे तथा बालरोग बिभागका अन्य डाक्टरहरुको साथकालागि आभार समेत ब्यक्त गर्नुभयो ।

आज र भोली दुइदिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपालबाट ४ जना तथा भारत, श्रीलंका, मलेशिया, खाडिका बिभिन्न मुलुकका गरी नेपाल बाहिरका २० जना सहित २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि भएका छन् ।

यस परिक्षाको प्रिन्सिपल रिजनल एक्जामिनरका रुपमा डा. चन्देश्वर महासेठ रहनु भएको छ भने, अन्य परिक्षकहरुमा डा. अजित रायमाझी, डा. कल्पना सुवेदी, डा. गणेश राइ र डा.सुधा बस्नेत रहनुभएको छ ।

परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २०७५ साल पुष २८ गते शनिवार र २९ गते आइतबार गरी दुइदिन संचालन हुनेछ ।

यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result