काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको अधयक्षमा रेशम चौधरी चयन भएका छन् । उनी पार्टीको कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ । पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।
प्रतिक्रिया लेख्नुहोस्:-