काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टीले आफ्नै शक्तिमा चुनावमा विजय हासिल गर्नेगरी तयारी गर्नुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आज काठमाडौंको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तित्व देखिएको र अव पालीकामा अस्तित्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाँचै वर्ष चल्ने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-