Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडाैंकाे टुँडिखेलमा मगर समुदायले मनाए सामुहिक रूपमा माघे सङ्क्रान्ति

माघ १, २०७५ १:३९ मा प्रकाशित
काठमाडाैंकाे टुँडिखेलमा मगर समुदायले मनाए सामुहिक रूपमा माघे सङ्क्रान्ति

g]kfn du/ ;+3 s]Gb|Lo ;ldltn] df3] ;+qmflGtsf] cj;/df d+unaf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf k"j{ ¥ofnLsf ;xefuLx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  मुलुकका विभिन्न भागमा स्थायी घर भई काठमाडाैंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो राष्ट्रिय महान् चाड माघे सङ्क्रान्ति भव्यरुपमा मनाएका छन् ।

नेपाल मगर सङ्घद्वारा माघे सङ्क्रान्तिका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा ठूलो सङ्ख्यामा मगर समुदायको सहभागिता रह्यो । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।

कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए । सो अवसरमा मगर मुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महीनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् ।

सो अवसरमा सरकारका मन्त्रीहरुले नेपालको एकीकरण र मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनमा जस्तै विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउन मगर समुदायलाई आह्वान गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संस्कृति, बहुलता र विविधता एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताउनुभयो । खानेपानीमन्त्री विना मगरले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगर, सांसद कमला रोक्का लगायतले मगर समुदायले अब आफ्नो पहिचान र अधिकारको आन्दोलनसँग विकास र समृद्धिको अभियानलाई जोडेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपालको मेचीदेखि महाकाली तथा तराईदेखि हिमालसम्म बसोबास रहेको मगर समुदाय जनसङ्ख्याका हिसाबले तेस्रो ठूलो जाति हो । सरकारी आँकडामा मगर समुदायको जनसङ्ख्या १८ लाखको हाराहारी रहेको देखाए पनि उक्त समुदायले आफ्नो जनसङ्ख्या ३० लाख रहेको दाबी गर्दै आएको छ ।

 

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result