Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुदूरपश्चिम प्रदेशमा रनपुतला पर्व शुरु

माघ १, २०७५ १:४९ मा प्रकाशित
Share on FacebookShare on Twitter

–बिमल बिष्ट
डोटी ।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रनपुतला पर्व हर्षोल्लासका साथ मनाउँदैछ ।

कलासंस्कृति र पर्यटकीय क्षेत्रका रुपमा धनी मानिएको यो प्रदेशको मुख्य सांस्कृतिक पर्वका रुपमा डेउडा, ठाँडी भाँका, हुडकेउली छलिया भुँवालाई लिइने गरिन्छ । परम्परागत रुपमा चल्दै आएको रनपुतला पर्व पनि पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरी–चेलीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा हेरिँदै आएको छ ।

रनपुतला पर्व पुस महीनाको १५ देखि शुरु भई माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ । देवीदेवताको पर्व वा छोरीचेलीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले यसलाई मिलन पर्वका रुपमा पनि लिने गरिएको जोरायल गाउँपालिका–५ की स्थानीयवासी दुर्गादेवी विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विवाह गरेर पराइ घर गएकी छोरीचेली एक ठाउँमा जम्मा हुने र घरपरिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन पर्व पनि भन्ने गरिन्छ ।” सुदूरपश्चिम प्रदेशको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातका रुपमा लिई रातभरि गाउँखाने कथाहरु हाल्ने, जागाराम बस्ने, तरुल, सकरखण्ड खाने रातका रुपमा लिने संस्कृति रहेको छ । सोही दिन रातीदेखि रनपुतला पर्वको शुरुआत भएको मानिने गरेको दीपायलकी स्थानीयवासी धौलीदेवी कठायतले बताउनुभयो ।

पर्वको शुरुआत भएपछि रनपुतलाहरु माघ ३ गते पानी पँधेरोमा लगेर विसर्जन गरे देवीदेउता खुशी हुने चलन छ । सयौँ वर्षभन्दा अगाडि देखि शुरुआत भएको रनपुतला पर्व यहाँका पहाडी जिल्लामा निकै भव्यताका साथ मनाइने गरिन्छ । यो पर्वमा विवाह भएका छोरी–चेलीहरु राम्रो तथा सफा गुन्यूचोलो लगाएर पुतली जस्तै भएर सजिने र गाउँगाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने चलन रहिआएको छ ।

विशेषगरी छोरीहरु विवाह गरेर आफ्नो पोइलघर गइसकेपछि उनीहरुले भोगेका दुःख–पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीमा विशेष धुमधामका साथ मनाइन्छ ।

रासस
–––

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result