काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आजदेखि नयाँ नियम लागू गरेको छ । बोर्डले आजदेखि बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको हो । ।
बोर्डले आजदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बिमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए।
यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बिमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो। पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु। तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिन सक्ने व्यवस्था छ। उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए।







प्रतिक्रिया लेख्नुहोस्:-