काठमाडाैं । नेपाल वार एशोसिएशनको नयाँ नेतृत्व चयन गर्ने दिन नजिकिदै गर्दा आकांक्षीहरुको गृहकार्य तिब्र हुन थालेको छ । देशव्यापी रुपमा आकांक्षिहरुले चुनावी तयारीलाई तिब्र पारेपछि बारको निर्वाचनको चहलपहल पनि बढ्न थालेको छ ।
आगामी चैत्र १६ गते शनिबार बारको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा पनि गर्न थालेका छन् । निर्वाचनका लागि बृहद लोकतन्त्रबादी समुह गठन गरि उमेदबार तय गर्न भन्दै नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले आफ्नो बिधान अनुसार उम्मेदबार छनौट समिति गठन गरेको छ ।
डिएलएका पुर्ब अध्यक्ष तथा बरिस्ठ अधिवक्ता बसन्तराम भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छनौट समितिकी सदस्यसचिव तथा डिएलएकी महासचिव लक्ष्मीदेबि दाहाल राबलले जानकारी दिनुभयो । समितिको सदस्यमा बारका पुर्व अध्यक्षद्धय तथा बरिस्ठ अधिवक्ता हरिहर दाहाल र बरिस्ठ अधिवक्ता प्रेमबहादुर खडका, डिएलएका पुर्व अध्यक्ष तथा बरिस्ठ अधिवक्ता उपेन्द्रकेसरी न्यौपाने, बरिस्ठ अधिवक्ता भोलासिंह हमाल, बरिस्ठ अधिवक्ता कृष्ण बहादुर थापा, बारका बर्तमान अध्यक्ष तथा बरिस्ठ अधिवक्ता शेरबहादुर के सि, डिएलएका निवर्तमान अध्यक्ष भरत प्रसाद खरेल, बर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता सिताराम राई, अधिवक्ता विनय सिंह, अनिता जोशी मानन्धर रहनु भएको छ ।
समितिले चाडै नै उम्मेदबारहरुको छनौट गर्ने र अन्य संगठनमा आवद्ध कानुन व्यवसायीहरुसँग पनि गठबन्धन गर्नका लागि गृहकार्य गर्ने जनाइएको छ । डिएलएले आकांक्षीहरुलाई आफ्नो दावेदारी पेश गर्न यसअघिनै आह्वान गरिसकेकाले आकांक्षीहरुको सूची बनिसकेको छ । त्यही सूचीका आधारमा छनौट समितिले उम्मेदबारहरु छनौट गर्ने डिएलएले जनाएको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-