जेनेभा । साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बर महीनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।
सिरियामा भएको विस्फोटमा ३० हताहती
दमास्कस । सिरियाको उत्तरी शहर मन्बीजमा भएको विस्फोटनमा परी कम्तीमा तीस जनाको हताहती भएको छ ।
अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरी भएको तीसमध्ये केहीको मृत्यु र केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
बुधबार घटना भएको सो ठाउँ कुर्दिसहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ । सो ठाउँ एलेप्पो प्रदेशमा पर्दछ । घटानाका बारेमा पूर्ण विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
(रासस÷एएफपी)
–––






प्रतिक्रिया लेख्नुहोस्:-